Kidlink अंग्रेजी   सहायता  | हामीलाई संपर्क बच्चाहरुको दर्ता  | पाठहरु  शिक्षक मेनु  | सहयोग किडलिंक ? | गोप्यता  हाम्रो बारेमा  | खोजी


Students from Campinas, Brazil (2002)



Students from Fresno, USA (2002)

म - को - हुँ? म कहाँ बस्छु? - हप्ताहरु  ५ र ६
  ठाँउहरु जहाँ म सिक्छु 

म -को -हुँ ? घर  home | कार्यक्रमको पुनराबलोकन  | शिक्षाक सिकाइ मेनु  कार्यशाला  |

 हामी सबैले बिभिन्न प्रकारबाट विभिन्न कुराहरु सिक्यौ । हामीले एउटै चिज देखेको भएपनि वा सुनेको भएपनि हामी अझै पनि छुट्टै कुरा सिकिसहेका छौ । तिमीले सिकेको ठाउँको वारेमा बताउ (र कसरी तिमिले जान्यौ ) । हामीसँग दुई हप्ताको समय बिताउ र तिम्रो जीबन तथा जीबन पर्यप्तसम्म कसरी सिक्ने भनेर छलफल गर तिमी जहाँ भए पनि हुन्छ ।

  बच्चाहरुले विश्वका अन्य ठाँउहरुको बारेमा कसरी सिक्दछन भन्नेकुरा तपाईलाई अस्वभाबिक लाग्न सक्दछ ? तिम्रो साथीहरुलाई सोध्न र केहि राम्रा प्रश्नहर पठाउन संकोच नमान । उनिहरुसँग पनि तिमीलाई पठाउने प्रश्नहरु रहेका हुन्छन् ।

  छलफलका लागि प्रश्नहरू

  1.  तिमीले कहाँ र कसरी सिक्दछौ भन्ने कुरा हामीलाइ बताउ।  ठाँउहरुको बारेमा बर्णन गर । तिमीलाई सिक्नको लागि महत्वपूर्ण कुरा के हो भन्ने लाग्दछ ?
  2. तिमी एउटा स्कूल जान्छौ ? तिम्रो स्कूलको बारेमा तिमीलाई कस्तो महशुस भईरहेछ ?  तिमीले यसलाई मनपराएका छौ ? के यसबाट तिमीले तिम्रो लागि राम्रो शिक्षा पाइरहेको अनुभव गरेका छौ ?
  3. तिमी दिनमा कति घन्टा र हप्तामा कति दिन पढिरहेका हुन्छौ ? स्कूलको शैक्षिक बर्ष कति लामो छ ? यो कुन महिनाबाट शुरू हुन्छ र यि कुन महिनामा अन्त्य हुन्छ ? 
  4.  तिमीले सिकेका ( पढेका ) दिनहरु मध्ये तिम्रो सबैभन्दा मनपर्ने पक्ष कुन हो ? तिमीलाई यो किन मनपर्यो ? 
  5.  तिमीलाई सिक्नको लागि कुन कुरा छनौट गर्न मनपर्छ ? तिमी आफूले सबैभन्दा महत्वपूर्ण कुरा छनौट गरिरहेछु बन्ने सोचेका छौ ? अथवा छनौट गर्दा केहि चिज गुमाइरहेको अनुभव गरेका छौ ? यसलाइ अझ राम्रो बनाउने कुनै योजना बनाउन सक्छौ ?
  6. एक शैक्षिक सत्र भरिमा तिमीले अरुले दिए जस्तै कुनै महत्वपूर्ण जाँच दिएका छौ ?यसको बारेमा कहि हामीलाइ पनि बताउ ।
  7.  तिम्रो बिद्यालयमा औपचारिक शिक्षण ( सिकाई) मन्दा अन्य अतिरिक्त क्रियाकलाप पनि हुन्छ ? तिनीहरु के के हुन् ? के तिमीले भाग लिइरहेका छौ ?
  8.  तिम्रो सिकाइ बा पढाइ अनुभबहरु  मध्येको सबैभन्दा खुशी भएको बेलाहरु  कुनकुन  हुन् ?
  9.  तिमी विद्यालयभन्दा बाहिर के सिक्ने गर्दछौ ? तिम्रो टोल वा वरिपरी ठूला मान्छेहरु छन् जसबाट तिमी केहि सिक्न सक्दछौ ? साथीहरू, अँभिभावकहरू, दिदीहरू, दाजुभाईहरु , हजुरबुबा हजुरमुमाहरू, छिमेकीहरू ?
  10. के तिमी प्रकृतिबाट सिक्न सक्छौ? जनाबरहरुबाट ? वरिपरिको वाताबरणबाट ? के तिमीलाई तिम्रो वरिपरीको वातावरण आफ्नो  शिक्षाको लागी  उपर्युक्त छ जस्तो लाग्छ ?‌
  11. तिमीलाई तिमो पढाई अवधि भर गर्भ गर्न लायक कुराको वर्णन गर?
  12.  तिमीले अहिले जुन कुरा सिकिरहेका छौ त्यसले भविष्यमा तिमी ठूलो भएपछि बन्ने कुरामा काम लाग्ने जस्तो लाग्दछ ?
  13. तिमी आफू बसेको ठाँउमा ने रहेर शिक्षित बन्न सक्छु भन्ने कुरामा तँपाइको विचार कस्तो छ? के तिमी अहिले ठाँउबाट अन्यत्र गएर सिक्दा फरक कुरा सिक्न सक्छु जस्तो लाग्दछ ? आफ्नै देशको आर्को ठाँउ तथा अर्को देशमा ?
  14.  के मौसमले तिमीलाई असर गर्छ ? तिम्रो ठाँउमा कस्तो प्रकारको मौसम छ ?  के तिमीलाइ पानी पर्नै लागेको बेलामा बादल कस्तो हुन्छ थाहा छ ?
  15.   अहिले तिमी बसेको ठाँउमा सूर्योदय र सूर्यास्त कुन बेला हुन्छ ? जबनरी र जून महिनामा कहिले हुन्छ ?
  16.   तिमी बसेको ठाँउ वरिपरि कस्तो प्रकारका जंगली जनाबरहरु पाइनछन् ? तिम्रो देशमा पनि ? के तिनीहरूले  तिमी वरिपरी रहनुमा अर्थ राक्छन? के तिमीले घरपालुवा जनावरहरु पालेका छौ ? के ति जनावरहरुले तिमीलाइ केहि सिकाएका छन् ?

  क्रियाकलापहरू

  1.   यो हप्तामा कुनै एक दिन छान । त्यस दिनको प्रत्येक घण्टाका क्रियाकलापलाई लिएर एउटा लेख । त्यस दिन को प्रत्येक घण्टामा तिमीले अनुभव गरेका कुराहरुलाइ लेखमा उतार । यदि तिमीले तिम्रो सिकाइ अबधिमा साच्चिकै मनोरञ्जन प्राप्त गर्यौ भने तिमीलाई त्यो कुरा किन मनपर्यो भनेर हामीलाई भन । साँझमा विस्तृत रूपमा आफ्नो अनुभबहरू  विस्तृत रुपमा वर्णन गर ।
  2. तिमीसँगै त्यस परियोजनामा सहभागि भएका अन्य साथीहरुको लेखसँग आफ्नो लेकको तुलना गर । त्यसमध्ये तिमिलाई कुन कुरासँग तुलना गर्न उपर्युक्त लाग्यो ? तिमीलाई जान्न उत्सुकता लागेका प्रश्नहरूको सूची तयार गर :
    •   के विश्वभरका सबै विद्यार्थीहरुले विद्यालयमा समान घण्टा,समान मिनेटको समय बिताउछन् ? के केहि विद्यार्थीहरुले बढि समय र केहिले कम समय वुताउने गर्दछन् यसको उत्तर तिमी कसरी पत्ता लगाउदछौ ?
    • के तिम्रो उमेरमा सबै विद्यार्थीहरुको विद्यालयमा पढाई हुने विषयहरुमा उत्कृष्ट छन् ? ती विषयहरू के के हुन् ?
    •  केटाहरू र केटीहरुमा कसले बढि गृहकार्य गर्दडन् ? यस्ता प्रश्नहरुको उत्तर कसरी पत्ता लगाउदछौ ?
  3. तिमीले संकलन गरेका तथ्याङ्क को चार्टहरु र ग्राफहरु बनाउ  ।
  4.  तिमीले बानएका चार्टहरु र ग्राफहरुलाई हेरेर तिम्रो केहि प्रश्नहरुको उत्तर र निष्कर्ष पाउन सक्छौ । उत्तरहरु तिमीले अपेक्षा गरे अनुसार कै पाउने छौ ।
  5.   तिमी जहाँ पढ्छौ त्यस ठाँउको चित्र बनाउ । यो तिम्रो विद्यालय, विद्यालयको एउटा कक्षा कोठा, एउटा कोठाभन्दा बाहिरको ठाँउ वा अन्य ठाँउ हुन सक्छ जहाँ हामीहरु सिक्छौ । दायाँ रहेको सँगैको चित्र अर्जेन्तिनाको स्कुलको खेल मैदान हो यहाँ विद्यार्थीहरु फुर्सदको समयमा खेल्ने गर्दछन् ।
  6. वैठक गर्न र शिक्षा सम्बन्धी छलफल गर्न किडलिंक च्याट   खोल । मौसम, तिमीले पढाउने गरेका जनावरहरू, तिमीले मनपराउने बिषयहरु र अन्यसिकाउने कुराहरुसँग तुलनात्मक नोट गर् ।
  7. जीबनको लामो समयसम्म कसरी अध्ययनलाई जारी राखने भनेर एउटा योजना बनाउ । तिमीले बनाएको योजनाको एउटा निबन्ध वा चिठ्ठी लेखेर यस परियोजनाको बारेमा जानकारी देउ । त्यसमा तिमीले कस्तो सिक्ने तरिकाको अपनाउछौ, त्यो पनि उल्लेख गर । सार्वजनिक सञ्चार माध्यामहरुमा  पत्रपत्रिका , टेलिभिजन , रेडियो, इन्टरनेट, आदिले तिम्रो सिकाईलाई निरन्तरता दिन सहयोग पु-याउन सक्छन् ? त्यस्तै सञ्छारका  अन्य साधनहरुको बारेमा पनि भन , जसले तिम्रो सिकाईमा सहयोग प-याउन सक्छ । यदि ति कुराहरु इन्टरनेटमा पाइन्छन् भने अरुलाइ पनि त्यसमा सम्पर्क ठेगाना पठाउ जसले अरुलाई सहयोग पु-याउदछ ।

--------------------------------------------------
शिक्षकहरुलाई परिचय  शिक्षक सिकाइ मेनु   | श्रोतहरु  कार्यशाला 
पृष्टहरु यि निर्देशिका भित्र 

Search: Advanced

Help | Lessons | English Home | About Us | Contact Us | Member? | Privacy | Want To Help? | Register
Updated by Odd de Presno - July 20, 2004. Copyright ® 1990-2007 Kidlink - All rights reserved.

Change language Go to "Who-am-I?". Art by Diana (9), girl, Romania  2004 <ArdeleanA> Go to "My Future Job". Art by Luca, boy, Italy , 2003. Go to "Making Our World Better". -- Art by Nastia (11), girl, Belarus 2004 Go to KidArt Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003 Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia
http://www.kidlink.org
Module created by Patricia A. Weeg