Kidlink अंग्रेजी  सहायता | हामीलाई संपर्क बच्चाहरुको दर्ता  | पाठहरु  | शिक्षक मेनु  | सहयोग किडलिंक? | गोप्यता  हाम्रो बारेमा | खोजी

  म को हुँ?  म कहाँ बस्छु? - हप्ताहरु ३ र ४
  जीबित वस्तुहरु जहाँ म बस्छु 

Picture by Olya from Ukraine , 2001

म को हुँ ?  घर | कार्यक्रमको झलक  | शिक्षक मोडल मेनु  | कार्यशाला  |
अहिलेसम्म हामीले नक्साबाट एक अर्को बस्ने शहरहरु र नगरहरुको बारेमा  पत्ता लगायौ र थोरै भएपनि हाम्रो अनलाइन साथीहरु बस्ने शहरहरु र नगरहरुको बारेमा  थाहा पाइसकेका छौ । अव हामी हाम्रो अनलाइन साथी बस्ने ठाँउ हेरी  कस्ता मानिस बस्छन्, कस्ता जीबित बस्तुहरु पाइन्छन् भन्ने कुरा थाहा पाउनेछौ । हामी जुन ठाँउमा बस्छौ, त्यहाँ बस्ने मानिसहरु जसले हाम्रो जीबनमा प्रभाव पारेका हुन्छन् , उनिहरुका बारेमा थाहा पाउने छौ । जीबजन्तु र बोटबिरुवाको वारेमा थाहा पाउछौ । यसले हाम्रो जीबनमा बिशेष ज्ञान प्रदान गर्दछ ।

तिमी तिम्रो अनलाइन साथी बस्ने ठाँउको बारेमा जान्न धेरै उत्सुक हुनु भएको होला ? उसलाइ त्यहाँको बारेमा सोध । तिनीहरु पनि तिम्रो शहरको बारेमा जान्न धेरै उत्सुक भएको होलान् ।

 छलफलका  प्रश्नहरु 

  1. तिम्रो देशमा कति जना  मानिसहरु बस्छन् ? यो गणना कसले गर्छ ? यो कसरी गणना गरिन्छ ? के तिम्रो देशको सरकारल जनगणना गर्दछ ? जनगणना भनेको सरकारले आफ्नो प्रयोजनको लागि कुन शहरमा  कुन गाँउमा कति मान्छे बस्छन् भन्ने कुरा थाहा पाउन गरिने क्रियाकलाप हो । यो कार्य कहिले सधै गरिन्छ कि कहिलेकाहि मात्रे ? कहिलेकाही यो कति समयमा हुन्छ ?यी संख्याहरुले के बताउदछ ?
  2. तिम्रो गाँउ वा शहरमा कति मानिस रहेका छन् ? तिमी यो संख्याको जानकारी कहाँबाट थाहा पाउछौ ?के तिम्रो समुदायमा कति मानिस बस्छन भन्नेकुरा थाहा पाउन आवश्यक छ ?
  3. बितेको ५० बर्षमा तिम्रो क्षेत्रको जनसंख्या बढेको छ या धटेको छ ? के तिमीलाई यस उत्तरको कारण थाहा छ ?
  4. तिम्रो क्षेत्रमा रहेका जनसख्याको औसत उमेर कति छ ? त्यहाँ धेरै बढि उमेरका वा धेरै कम उमेरका मानिसहरु रहेका छन् ? के तिम्रो शहर वा गाँउका वच्चाहरु बढि भएको परिवारहरु धेरै छन् ?
  5. के परिवारका धेरै बुढाबुढी उनिहरुके परिवारमा बस्छन् वा सायद हामीहरु उनीहरुलाई  नर्सिङग घरहरुमा पाउछौ ?
  6. तिमी बस्ने ठाँउका मानिसहरु कसरी आफ्नो आम्दानी गर्छन् ?के तिमी बस्ने गाँउमा कडा परिश्रम गर्ने किसानहरु, उद्योगमा काम गर्ने श्रमिकहरु, ब्यापारीहरु, उद्योगपतिहरु, बैज्ञानिकहरु, प्राध्यापकहरु बस्छन् ?उनीहरु घरमा मात्रै काम गर्छन् की कामको लागि बाहिर पनि जान्छन ?
  7. के तिमी बस्ने ठाँउमा जमिनले मानिसको पेशाहरु निर्धारण गर्न मद्यत गर्दछन् ? के पानी र समुन्द्रले तिमी बस्ने ठाँउलाई प्रभाबित पार्दछ,नदीहरुले, हिमालहरुले, वा उधोगहरुले ?
  8.  के तिमी आर्थिक आर्जनको लागि मनोरञ्जन गर्ने रिसोर्टहरु खुलेका नगरमा बस्छौ ?
  9. के धेरै युवाहरुले पढ्न र बिभिन्न कामहरुको सीप सिक्नको लागि तिम्रो  ठाँउ वा बरिपरी नजिक विश्व विद्यालयहरु खुलेका छन् ?
  10. तिमी बस्ने ठाँउका मानिसहरुले फुर्सदको समय कसरी बिताउछन् ?मनोरञ्जनात्मक क्रिर्याकलापहरुमा , शौखको बिषयमा ?
  11. तिम्रो ठाँउमा स्वास्थ्य सेबाको  सुबिधा कस्तो छ । के तिमीले विरामी हुदाँ केहि औषधीजन्य सूई लिएका छौ, के तिमीलाई आफू विरामी भँए भन्ने कुरा थाहा छ ? के तिम्रो ठाँउ वरिपरी एउटा अस्पताल छ? दुर्धटना भएको बेला  के गर्दछन् ? के तिमीले दुर्धटना भएको बेला वा बिरामी भएको बेला आफ्नो प्रतिक्रिया कस्तो हुन्छ भनेर सिच्ने गरेका छौ ? तिमी कहिले अस्पताल गएका छौ ? स्वास्थ्य रहन के गर्नुपर्ला ?
  12. तिमी बस्ने ठाँउको वरिपरी कस्ता खालका बोटबिरुवाहरु र जनावरहरु पाइन्छन् ? के त्यहाँ कुनै लोपहुने अबस्थाका जनाबरहरु तिमी बस्ने ठाँउमा छन्  ? तिनीहरुलाई कसरी संरक्षण गरिन्छ ?
  13.  तिमी बस्ने ठाँउ वरिपरीका मान्छेहरु, बोटबिरुवाहरु र जनावरहरु हेरेर यातायतको कुन साधन प्रयोग गर्न उपर्युक्त देखिन्छ ? हामी पैदल हिडेर, मोटरसाइकल, कार,बस, शाखा बाटोहरु वा रेल मध्ये कुनबाट यात्रा गर्न सकिन्छ ?
  14. के तिम्रो शहरमा बालबालिकाहरुकोप लागि संस्थागत रुपमा खुलेका मनोरञ्जन स्थलहरु छन् ? तिनीहरुको वारेमा बताउ ? तिम्रो मनपर्ने क्रियाकलाप कुन हो ?
  15. तिम्रो शहरका बालबालिकाहरु प्रायश: कुन खेल बढि खेल्छन् ? के  त्यहाँ त्यस्ता  खेलहरु खेल्न मैदान, पार्कहरु छन् ? तिम्रो स्कुलमा कुन खेलहरु खेलिन्छन् ? के तिम्रो स्कुलमा शैक्षिकसत्रको अन्त्यतिर खेलकुद दिबस भनेर छुट्टै खेलहरु खेलाइन्छ ? के तिमीले खेलकुद दिबसको अबसरमा खेलकुद प्रतिस्पर्धामा भाग लिएका छौ ? 
  16. हामीले तिम्रो शहरमा यात्रा गर्दा मानिसहरुलाइ भेट्दा तिनीहरुले कस्तो खानाको आशा गर्दछन् ? के त्यहाँको स्थानिय खाना मनपर्ने छ ? कृपया त्यसको बारेमा हामीलाई बताइ दिनुहोस ?
  17. यस मोडलमा तिम्रो देशका मानिसहरु महिनामा कुन बिदाहरु मनाउछन् ? त्यसलाई कसरी मनाइन्छ ? के त्यहा केहि  परेडहरु  हुन्छन् ? के  तिमीहरु   बिदामा मिठो मिठो खानेकुरा खाने गर्छौ ? के तिमी  बिशेष लुगाहरु  लगाउने गर्दछौ ?
  18. तिम्रो भाषाको बिशेष प्रकारका टुक्काहरु के के हुन् ? त्यसको उच्चारण कसरी गरीन्छ ?

  क्रियाकलापहरु

  1. तिम्रो समूहका विद्यार्थीहरुको अभिभाबकहरुको मुख्य पेशाहरु के के हुन् ? तिमी यो कसरी पत्ता लगाउदछौ ? कक्षामा सबैको परामर्शबाट यो कुरा पत्ता लगाउनु पर्दछ यसलाई हाम्रो समूहसँग साटासाट गर्नु पर्दछ र हाम्रो परियोजनाको लक्ष्यसँग तुलना गर्नुपर्दछ । यो फरक भयो भनेर तिमी किन सोच्छौ ? यसले तिम्रो शहर वा गाँउको बारेमा के बताउछन् ? 
  2.    किडलिंकको प्रकासित बच्चाको दर्ता गरिएको तथ्याङक  हेर्नलाई खोज  यदि त्यसमा मिल्ने समयलाई छान्ने ।
  3. यसको बारेमा तिम्रो बुबा, आमा , परिबारका अन्य सदश्य, छिमेकी, तथा साथीसँग कुरा गर । त्यहाँ पाइने विशेष कुराहरुको नोट गर । हाम्रो परियोजनामा सहभागीहरु र यसमा  सञ्चालित कक्षाहरुको भएका राम्रा कुराहरुको नोट गर्न एउटा डायरी तयार गर ।
  4. परियोजनाको अन्त्यमा आयोजनाको अन्तराष्ट्रिय रात्रीभोजको योजना बनाउ । सहभागीहरुको तालिका बनाउ, खानाको मेनु तयार गर । अव समूहगत कार्यक्रमहरुको योजना तयार गर ।
    •    योजना समूह -  (कक्षा शिक्षकलाई पनि समावेश गर ) रात्रीभोजको आयोजना गर्ने ठाँउ र समयको निर्धारण गर ।सहभागी हुनेको नामावली तयार गर । आवश्यक भए अन्य समूहहरु  पनि बनाउ र कामको बाँडफाड गर । कार्यक्रमलाई सहयोग गर्ने अभिभाबकको स्वयमसेवक टोलीहरु बनाउ ।
    •   सजावट समूह  - टेबल र कोठाको साजसज्जा तयार गर ।
    •   मिलाउने समूह -  कोठा, टेबलहरु आदि मिलाउ ।
    •   खाना बनाउने समूह - मेनु अनुसारको विभिन्न प्रकारका खानाहरु तयार गर्ने । यसमा आवश्यकता अनुसार स्वयमसेवकको रुपमा अझ विद्यार्थीहरु समाबेस गर्ने ।
    •   मनोरञ्जन समूह  -कार्यक्रममा प्रस्तुत गर्न विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम, खेलहरु, विभिन्न प्रतियोगिताहरुको कार्यक्रम तयार गर्ने र संगीतको छनौट गर्ने ।
    •   प्रकासन समूह -निम्तापत्र तयार गर्ने, कार्यक्रमको बारेमा विभिन्न पोष्टर तथा फोटोहरु तयार गर्ने ।
    •   अनुसन्धान समूह -  सहभागीहरु विभिन्न देशका हुने भएकाले उनीहरुको खाना , संगित र मनोरञ्जनका कार्यक्रमहरु तयार गर्ने अनुसन्धान गर्ने ।
    •    सफा गर्ने समूह - रात्रीभोज कार्यक्रम सकिएपछि कार्यक्रमस्थल सफा गर्ने जिम्मा दिने ।
  5. शहरका महत्वपूर्ण स्थानहरु समेटेर एउटा यात्रा पुस्तिका तयार गर । त्यसमा तिम्रो शहरमा पाइने चिडियाखाना , महत्वपूर्ण बनजंगल जीबजन्तुहरु पाइने स्थान तथा कृत्रिम जलासयहरु उल्लेख गर्ने । पुस्तिकामा  विभिन्न प्रकारका फोटोहरुलाइ पनि समावेश गर्ने ॥
  6.   शहरका महत्वपूर्ण भागहरु समाबेश भएको डायोरामा बनाउ ।
  7. तिम्रो शहर , गाँउ वा देशका महत्वपूर्ण ब्याक्ति र ठाँउहरु प्रदशन गर्न एउटा समाचार बोड तयार गर ।
  8.   कार्यक्रममा सहभागीहरु जसले तिम्रो भाषा बोल्न सक्दैनन् उनीहरुले भनेका महत्वपूर्ण भनाईहरु लेखेर एउटा शब्दकोष बनाउ । उनीहरुलाई शब्द सम्झन चित्रहरु थपी सहयोग गर ।
  9. तिम्रो अनलाइनको साथीलाई तिम्रो शहर धुम्न आउन प्रोत्साहन गर्न एउटा चिठ्ठी लेखेर पठाउ । तिम्रो चिठ्ठी उसलाई धुम्न आउन प्रोत्साहित गर्ने खालको हुनुको साथै विस्तृत हुनु पर्दछ । 
  10. तिम्रो अनलाइन साथीहरुलाई किडलिंकको च्याट   मा भेट्ने गर र साथै दिनको एउटा नयाँ भाषा सिक । नयाँ भाषाको केहि भनाईहरु सिक्ने कोशिस गर ।
  11. तिमी कस्तो किसिमको काम सिर्जना गर्न चाहन्छौ ?  किन ? तिमी नयाँ कामको सिर्जना गर्ने योजना कसरी बनाउछौ र यसलाई वास्तबिकतामा कसरी परिणत गर्दछौ ? अन्य परियोजनाका साथीहरुले कसरी सम्पन्न गरे, सललाह गरे, सोध , उनीहरुको सहयोग लेउ । समाचार पत्रहरुमा आवश्यकता भनेर छापिएका बस्तुहरुको सहयोग लिन सक्दछौ ? 
  12. एउटा बहुसांस्कृतिक खेलकुद दिबस मनाउने योजना तयार गर । त्यसमा तिम्रो आफ्नो देशको भन्दा आर्को देशको नयाँ खेलको बारेमा सिक्ने अबसर प्रदान गर्दछ ।

--------------------------------------------------
 शिक्षकहरुको लागि परिचय  शिक्षक मोडल मेनु  | श्रोतहरु  | कार्यशाला  | पृष्टहरु यो निर्देशिकामा 

Search: Advanced

Help | Lessons | English Home | About Us | Contact Us | Member? | Privacy | Want To Help? | Register
Updated by Odd de Presno - July 20, 2004. Copyright ® 1990-2007 Kidlink - All rights reserved.

Change language Go to "Who-am-I?". Art by Diana (9), girl, Romania  2004 <ArdeleanA> Go to "My Future Job". Art by Luca, boy, Italy , 2003. Go to "Making Our World Better". -- Art by Nastia (11), girl, Belarus 2004 Go to KidArt Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003 Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia
http://www.kidlink.org
Module created by Patricia A. Weeg